विकास लिम्बू र पारु राईको ‘तिम्रो तृष्णा’

गायिका पारु राईले एक दशकपछि नयाँ गीत सार्वजनिक गरेकी छन्।

१० वर्षअघि ‘प्यास’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी राईले ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक सामु आएकी हुन्। गीतमा राईलाई ‘भ्वाइस अफ नेपाल’का फाइनलिस्ट विकास लिम्बूले साथ दिएका छन्। गायिका पारुले लेखेको ‘तिम्रो तृष्णा’मा तारा प्रकाश लिम्बूले संगीत भरेका छन्। बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका छन्। नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन्।

करिब डेढ दशकयता ब्रिटिश गोर्खा सेनामा सेवारत सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, विकास लिम्बू र वृक्षा लिम्बूले गीतको भिडिओमा अभिनय गरेका छन्। यसमा मेकअप विपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको छ। नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिएकी गायिका विगत तीन वर्षयता ‘द लण्डन कलेज अफ म्युजिक’ अन्तर्गत क्लासिकल पियानोसम्बन्धी कक्षा लिइरहेकी छन्।

नेपालको पाँचथरमा जन्मिएकी पारु हाल बेलायतमा पल्टने जीवन बिताई रहेकी गायिका पारु करिब ९ वर्ष देखि स–परिवार बेलायतमा बस्छिन्।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close