‘विलासे’लाई कोरोना संक्रमण

हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ ।

विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ । कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा सुवासले आफ्नो स्वस्थ्यमा सुधार आइरहेको बताए । अहिले आफु पहिलाको भन्दा सहज महशुस गेन थालेको सुवासले बताएका थिए ।

कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए । सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close