वृद्ध वृद्धालाई भाडा नलाग्ने ,विद्युतीय बस भदौको दोस्रो हप्तादेखि सञ्चालनमा

भदौ– सुन्दर यातायात प्रा.लिले भदौको दोस्रो हप्ता वृद्ध वृद्धालाई भाडा नलाग्ने विद्युतीय सवारी साधन ‘सुन्दर यातायात’ सञ्चालनमा ल्याउने भएको छ । सुन्दर यातायात र नाफिजको सहकार्यमा भएको तालिममा सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले उक्त जानकारी दिए ।

४० वटा सिट क्षमताको भएको उक्त बस नेपाल ल्याउनको लागि एउटा बस बराबर १ करोड ६२ लाख लाग्ने भएको छ ।
अरू सवारी साधनको जस्तै यस बसमा पनि २० देखि २५ प्रतिशत भाडा छुट गरिने व्यवस्था लागु गरिने भएको छ तर, विद्यार्थीले आफ्नो कलेजको सिफारिस दिएपछि यातायात सेवा सम्बन्धी सेवा सुविधा पाउन सक्ने छन ।

भदौंको दोस्रो हप्तादेखी ७ वटा बस सञ्चालन गर्ने योजना रहेको र एक महिना भित्र ११ वटा बस थप गरि सरञचालन गर्ने अध्यक्ष थापाले जानकारी दिए । उक्त बस काठमाडौका मुख्य मुख्य सहर गोगंबु देखि सल्लाघारी, नारायणथान बुढानिलकण्ठ देखि भैसीपाटी, ढुङ्खगे अडा देखि नेपाल मेडिकल कलेज अतरखेल सम्म सञ्चालन हुने भएको छ । उक्त सुन्दर यातायातले प्यासेन्जरको लागि ५ प्रकारको कार्डको व्यवस्था गरेको छ । विद्यार्थी कार्ड, नर्मल कार्ड,एक्कल कार्ड, सिनियर कार्ड र कम्पनी कार्ड, बालकालिका कार्डको व्यवस्था रहेको हो । विद्युतीय बसमा ८१ जना शेयर सदस्य र ११ जना सञ्चालक रहेका छन् ।

हालको लागि उक्त कम्पनीको गाडीहरू काठमाडौ भक्केपुलस्थित आफ्नै ग्यारेबाट चार्जिङ गरि सञ्चालन गर्ने भएको छ । चार्जिङ स्टेशनबाट एकपटकमा १६ वटा बस चार्ज गर्न मिल्ने छ । चार्ज ३०,६०, १२० केभि मेसिन रहनेछ । एउटा बसमा चार्ज गर्नको लागि २० प्रतिशत चार्ज भयो भने ४० मिनेट लाग्ने र पुरा चार्ज गर्नको लागि २ घण्टा लाग्ने अध्यक्ष थापाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close