व्यक्ति र संस्थामा गैरजिम्मेवार देखिए -प्रधानमन्त्री

२० साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले केही व्यक्ति र संस्थामा गैरजिम्मेवार देखिएको बताएका छन् ।

आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि देखिएको उनले बताए । मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ ।’उनले अघि भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो सोच केही छैन ? स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो, यसबाहेक केही छैन ।

देश र जनताप्रति गम्भीर उदासीनता देखाउने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति देखिएको प्रधानमन्त्री ओलीले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close