संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास रद्द

२८ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो । ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

संक्रमित र मृतकको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close