संसद विघटन बिरुद्ध मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङको प्रेस बिज्ञप्ति

२०७८/२/९ प्रेस विज्ञप्ती

२०७७ पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्वारा बिघटित संसदलाई सर्बोच्च अदालतले फागुन ११ गते पुर्नस्थापना गरेको थियो । शुक्रबार मध्यरात (२०७७ जेठ ७/८) मा मन्त्रीपरिषदको आकस्मिक वैठक बसी दोस्रो पटक प्रतिनिधि सभा विघटन गरि २०७८ कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको निर्वाचन गर्न सिफारिस गरिनु सरकार प्रमुख र राष्ट्र प्रमुखको तालमेलमा सदर गरिनु राष्ट्रिय चासोको बिषय भएकोले यस मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ सांठनिक धारणा यसै प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।

२०७२ अशोज ३ गते जारी भएको नेपालको संविधान समग्र नेपालको मूलबासी मंगोलको हीतमा नभएको ठहर गरि संविधानको पुर्नलेखनको माग गर्दै आएको सर्वविधितै छ । यस सन्र्दभमा पुनः दोस्रो पटक संसद बिघटन भएको छ । यो कुनै प्रक्रिया वा माग मुद्धा बमोजिम नभएर स्वेच्छाचारी, गैरलोकतान्त्रिक, गैर न्यायिक, जनमत बिपरित तथा लोकतन्त्र, धर्मनिरपेक्ष, संघीयता र समावेसी व्यवस्था खारेज गराउने प्रतिगमणकारी निर्णय भएको हु“दा यस कदमको घोर भत्सर्ना गर्दछौं । राष्ट्रपतिको कार्यशैलीले गरिमामय सार्वभौम संस्थाको धज्जी उडाउदै पार्टी वा व्यक्तिको मतियार भएको हु“दा राष्ट्रपतिलाई कार्वाही हुनुपर्छ ।

संसदीय व्यवस्था जाल झेल षड्यन्त्र गर्ने थलो, टिके तन्त्रलाई मलजल गर्ने मै सिमित रहेको प्रमाणीत भएको हु“दा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागु गर्नै पर्छ । जालझेल षड्यन्त्रबाट मनुवादी, बाहुनवादी वर्चस्व कायम गर्ने कार्य कुनै हालतमा स्वीकार्य छैन । हामीले भनिसकेका छौ बाहुनवादी मनुवादी नेतृत्वबाट न्याय, समान अधिकार, दिगो बिकास र संमृद्धि सम्भव नभएको हु“दा देशको शासन सत्ता मूलबासी मंगोलहरुबाट सञ्चालन हुनु समयको माग भएको छ ।

देशमा कोरोना महामारीलाई सबै एकजुट भएर नियन्त्रण गर्न लाग्नु पर्ने सरकार नेपाली नागरिकलाई घरभित्र थुनेर राखी कुर्सी, कमीशनको खेलमा लागेको छ । यो गरिव, असहाय, श्रमजीवि वर्गलाई भोकै मार्ने र लाखौ बिद्यार्थीहरुको भविष्य अन्धकार बनाउने सरकारको नियत हो । यसर्थ चुनाव होइन भ्याक्सीनको व्यवस्था गर्न जोडदार माग गर्दछौं । राष्ट्र प्रमुखहरुको अराजक स्वेच्छाचारी अलोकतान्त्रिक निरंकुश कार्यको हामी घोर भत्सर्ना गर्दछौं साथै राष्ट्रिय हितको रक्षाका लागि लोकतन्त्र, धर्मनिरपेक्षवादी, संघीयतावादी शक्तिहरुसंग सहकार्य गर्दै आन्दोलित हुने यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।

विरलाल राई
संयोजक

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close