सबै आरोही सुरक्षित, हिमालमा जोखिम छैन

१४ जेठ, काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको छ । अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा रहेका छन् । हरेक शिविरका करिब एक/एक सय जना रहेको अनुमान छ । हिमालमा रहेका सबै आरोही सुरक्षित रहेको र मौसम तथा प्रतिकुल अवस्थाका कारण उद्धार समेत गरिहाल्नुपर्ने अवस्था नरहेको समेत विभागले जनाएको छ ।

बंगालको खाडीमा उत्पन्न भएको आँधि यासका कारण नेपालभर मौसम प्रभावित भएको छ । यसले उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने भन्दै आरोहण नगर्न र सकेसम्म फर्काउन गृह मन्त्रालयले सुझाव दिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close