सभामुखमाथि लागेको आरोपको छानबिन होस् : कोइराला

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यबहारको आरोपबारे छानबिन गर्न माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘सभामुखमाथि गम्भीर आरोप लागेको छ । यसमा निश्पक्ष छानविन होस् ।’ संसद सचिवालयकै महिला कर्मचारीले सभामुख महारामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोपको खण्डन गरेका छन् ।अनलाइनखबर

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close