सुकुम्बासीहरुको बस्तीबाट सरकारलाई चिठ्ठी -दलमर्दन कामी

२०6८जेष्ठ १ गते सनिवार, म काठमाडौंको थापाथली स्तित सुकुम्बासी बस्तीमा बिगत १५ बर्ष देखि म लगायत करिब १६० घर परिवार विभिन्न जाति धर्म सम्प्रदायका मानिसहरू बसोबास गर्दै आएका छौ । त्यस्तै काठमाडौं ललितपुर भक्तपुरका करिब ७७ स्थानमा सुकुम्बासीका रूपमा देशका विभिन्न स्थान बाट देशको राजधानी काठमाडौंमा रोजगारी तथा विभिन्न अबसरको खोजीमा भौतारिदै आएर केही उपाय नलागे पछी यसरी बस्नुपर्ने बाध्यता हो ।

यहाँ बस्ने प्रायजसो परिवारहरुको दैनिकी खास गरेर काठमाडौं ललितपुर भक्तपुर जस्ले जहाँ आफ्नो सम्पर्कमा पहुँच पुग्दछ ती स्थानमा पुगेर दिनानुदिन ज्यालादारीमा काम गर्ने घरधनि, महाजनहरुको घरमा भाडा माजने घर सफा गर्ने करेसा तथा फुलबारीमा काम गर्ने,घर बनाउने, ज्यामी लगायतका काम गरि बिहान बेलुकी छाक टार्नु पर्ने अबस्थामा रहेर दुखसुख परिवारिक बाताबरणमा दुखसुखका साथ बसोबास गर्छौ। दोस्रो चरण विश्वभरी कोरोना तीब्र रूपमा फैलिरहेको छ भने छिमेकी मुलुकमा दिनौ लाखलाख मानिस कोरोना सङ्क्रमित छ्न भने हजारौंहजारले आफ्नो जीवन गुमाएकाछ्न भने त्यससङ्गै हामी नेपाली पनि यो बाट अछुतो रहेनौ दिनानुदिन तीब्र रूपमा फैलिएको छ भने दर्जनौं दिदीबहिनी दाजुभाइले कोरोना बाट आफ्नो ज्यान गुमाउनु परेको अबस्थामा सबैलाई जगजाहेर छ।

यसबाट भयभीत अबस्था नहोस भनेर सरकारले देशमा लकडाउन गरेको एक हप्ता नागिसकेको छ भने सङ्क्रमन बढने क्रम तीब्र रूपमा जारी रहेकोले लकडाउन अझ बढने बढाउनु पर्ने अबस्था देखिएको छ । यस्तो बेलामा बिहान दिउँसो काम गरेर बिहान् बेलुकीको छाकटार्ने भुमिहिन ज्यालादारी काम गर्ने हरुलागी आज लकडाउन सङ्गै काम पनि बन्द भयोभएको छ । काम बन्द भएसी पैसा कहि बाट पाउने आसा भएन र आसा पनि कसरी गर्ने ? काम बिना दाम पाइन्न, दाम नभएसी माम आउने कुरै भएन । यस्तो अबस्था आएसी अब भने आर्थिक अबस्थामा कम्जोर भएकाहरु, रोग ले भन्दा पनि भोकले मरिने चिन्ता बढनु थालेको छ। काठमाडौं लगायतका देशका धेरै स्थानमा गरिव सुकुम्बासी तथा असाहय रहेका छौ भने काठमाडौंका उपत्यकामा मात्रै सत्तरी भन्दा धेरै बस्तिहरुमा छ्न यहाको अबस्थामा सायद सबैतिर यस्तै समस्या छ।

म दल मर्दन कामी सामाजिक राजनीति कर्मी हु स-परिवार काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्छौ। जे भएतापनी आर्थिक अवस्था उस्ताउस्तै रहेकोे छ यथार्थमा भन्नुपर्दा ।, यहाँ बसोबास गर्ने दिदीबहिनी दाजुभाइले मलाई केही जान्ने सुन्नेको रूपमा हेर्ने गर्नुभएको छ । सायद यसैले होला यहा लगायतका काठमाडौं उपत्यकाका विभिन्न बबसोबास गर्ने केही घर परिवारका दाजुभाइ दिदीबहिनी बाट भन्दै हुनुहुन्छ अब मरिने पर्यो चामल अब दुई छाक मात्रै छ ।, ग्यास पनि सकिन लाग्यो ।, पैसा छैन किनेर ल्याउ भने, बिचल्ली हुने परियो,अब भोकभोकै मरिने भैयो । काम गर्न जाउ भने कहाँ जाने , सबै बन्द छ भनिरहेका छ्न । अब के गर्ने भाइ?अब के गर्ने दाइ? केही उपाय लगाउनुसन है पहिलाको लकडाउनमा पनि सहयोग गर्नु भएको थियो यो पाला पनि केही गरिदिनुसनहै भनेर सोध्नुहुन्छ म नजबाफ छु।म अनकनाउदै भन्छु खै सरकारले केहि राहतका प्याकेज ल्याउछकी , के गर्ने हामी सबै त्यस्तै छौ बाध्य भएर भन्दैछु । हाम्रो पनि सिदिन लागेको छ खै के गर्ने गर्ने । अनि उहाहरु भन्नुहुन्छ के गर्ने गर्ने ।

काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी सुकुम्बासी बस्ती र घर भाडामा बस्नुहुने गरिव असाहय दिदीबहिनी दाजुभाइले यसरी कोहि कोहि रुदै फोनमा भन्दै हुनुहुन्छ यस्तो अबस्थामा फोन आइरहेको छ सहयोग पुर्याउनु नसकेर मन अत्यन्तै छटपट भैरहेको छ ।
हे सरकार दाल चामल नभएर भोकभोकै परेका दिदीबहिनी दाजुभाइलाई मैले के जबाफ दिउ ? मनमा अलिकति सङ्का अलिकति बिश्वास गर्दै भन्दैछु हामीसङ्ग सरकार छ सम्बन्धित संघ संगठन सरोकारवाला छन नडराउनुस राहतका प्याकेज आउछ्न । बाध्यताले यी र यस्तै सान्त्वनाका सब्दमात्रै भन्न बिबस छु । तर यस्तो बेला सरकार कहाँ छ भनेर सोध्नेबेला हुदैछ ? गरिब जनताले ।सत्ता र शक्तिको लागि करोडौं खर्च गर्ने तर आज भोकभोकै मर्ने अबस्थामा पुगेका गरिब ,सुकुम्बासी तथा असाहय भोकै मर्न पर्ने हो ? म सरकार तथा सम्बन्धित संघ संगठन सरोकारवाला सबैमा अनुरोध गर्दछु सरकार,भनेको आम जनताको अभिभावक हो। सम्बन्धित निकाय सरोकारवाला संघ संगठनको काम यसै अभाव र आपदबिपदमा परेका नागरिक प्रति उत्तरदायित्व सजग सचेत र संबंधित निकायलाइ खबरदारी गर्ने सरोकारको बिसय हो ।

यसबेला सरकार र सम्बन्धित निकायले असाहय गरिव बिपन्न सुकुम्बासी अबस्थामा रहेका जनतालाइ आफ्नो छोराछोरी रुपमा लिएर तिनलाई पहिलो प्राथमिकता राखेर सहयोगका प्याकेज ल्याउनु र ल्याउन उत्प्रेरित गर्नपर्छ
सहयोग दिनुपर्यो यस्तो संकटको समयमा विशेष गरेर सुकुम्बासी तथा अव्यवस्थितमा बसोबास गर्ने गरिव तथा असाहय परिवार सबतिर यस प्रकारको पिडा दिनानुदिन जटिल बन्दै गएको छ सरकार सरोकारवाला निकाय संघ संगठनले तत्काल यस्ता समस्या परेका नागरिक माथी ध्यानाकर्षण होस । हार्दिक अपिल गर्न चाहान्छु। दल मर्दन कामी , गरिव असाहय सुकुम्बासीको तर्फबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close