हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ ।

यो गीतमा हेमन्तकै शब्द तथा संगीत छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ । यो गीतको भिडियोमा गायक हेमन्त शर्मा र गायिका एलिना चौहानले मोडलिङ गरेका छन् ।

गीतले प्रेममा ब्रेकअप भैसकेपछि प्रेमी र प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका भावहरुलाई उतारिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close