चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १ सय ७०

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ । ।

यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ । नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ ।

डाक्टरका अनुसार संक्रमित व्यक्तिमधये हरेक पाँचमध्ये एक व्यक्तिमा गम्भीर निमोनियाका लक्षण देखिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहेनोमले भनेका छन्, ‘कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने या नगर्ने बारे निर्णय हुनेछ ।’ उनले यो समस्या अन्तर्राष्ट्रिय स्तरमा फैलने आशंका भएको र संसारभरीका देश यससँग लड्नका लागि तयार हुनुपर्ने बताएका छन् । एजेन्सी

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close