लिभरपुललाई १९ अङ्कको अग्रता

लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ ।

बुधबार राति सम्पन्न खेलमा वेस्टह्याममाथि २–० को सहज जीत निकाल्दै लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा १९ अङ्कको फराकिलो अग्रता बनाउन सफल भएको हो । पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । लिभरपुल आएपछि लिगमा सलाहको यो ६६ औँ गोल हो ।

खेलको दोस्रो हाफको शुरुवातमा एलेक्स अक्सालेड च्याम्बरलिनले अर्को गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे । लिभरपुलको लिगमा यो लगातार १५ औँ जीत हो भने योर्गन क्लपको टोली पछिल्ला ४१ लिग खेलमा अपराजित रहेको छ । लिभरपुलअघि नोटिङहाम फरेस्ट ४२ खेल र आर्सनल ४९ खेलमा अपराजित रहेको थियो ।

२४ खेलबाट लिभरपुलको ७० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी ५१ अंकमा सिमित रहेको छ । ४८ अंकसहित लेस्टर सिटी तेस्रो र ४० अंकसहित चेल्सी चौथो स्थानमा रहेको छ । सन् १९९० पछि पहिलो पटक लिग उपाधि जित्ने दाउमा रहेको लिभरपुलले शनिबार एनफिल्डमा आतिथ्य गर्नेछ ।एजेन्सी

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close