भारतसँग छिट्टै वार्ता अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि भारतसँग छिट्टै वार्ता अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदका दुबै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन प्रकृया टुंगो लागेपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संशोधनको प्रकृया टुंगिने र भारतसँग पनि छिट्टै वार्ता अघि बढ्ने बताए । उनले भने, ‘राम्ररी अगाडि बढ्छ अव संविधान संशोधनको प्रक्रिया राष्ट्रपति ज्यूबाट लालमोहर लागेपछि त्यसको प्रक्रिया टुंगिन्छ । अव छिट्ट ैनै वार्ताको प्रक्रिया पनि अगाडि बढ्ला ।’

प्रधानमन्त्री ओलीले एमसीसीको विषयमा पनि प्रतिकृया दिएका छन् । सभामुखले आफ्नो अनुकुल समयमा निर्णयका लागि पेश गरेपछि त्यो विषयमा टुंगो लाग्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close