एमसीसी सम्झौताबारे पढ्दै नपढी विरोध : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले एमसीसी सम्झौताबारे पढ्दै नपढी विरोध भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ पढ्न सुझाव दिए । उनले भने- ‘अहिले केही केहीले हल्ला चलाएका छन् । पढ्न अल्छि लाग्छ कि के हो, एमसीसी पढेको मान्छे मैले त्यति भेटिन् । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भएपनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? टाउकोले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास किन जरुरी छ र ?’

उनले मान्छे लहलहैमा लागेको र अमेरिकी सेना कहाँबाट आउँछ भन्दै प्रश्न गरे । कागले कान लग्यो भन्दैमा दुख्यो दुखेन पनि विचार पनि नगर्ने र कान पनि नछाम्ने प्रवृत्ति रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close