बैंकका सबै शाखा खोल : नेपाल राष्ट्र बैंक

सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए । यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट प्रणालीमा आफ्ना शाखा सञ्चालन गरेका थिए ।

बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ । केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने हुन्छ । रासस

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close