अन्तराष्ट्रिय

लेबनानको बेरुतमा भयानक बिस्फोट, ७० को मृत्यु, हजारौं घाइते

एजेन्सी, लेबनानको राजधानी बेरुतमा भयानक बिस्फोट भएको छ ।

लेबनानका स्वास्थ्यमन्त्रीले कम्तीमा ७० जनाको मृत्यु भएको पुष्टि गर्दै ४ हजार व्यक्ति घाइते भएको जानकारी दिएका छन् । लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन् । अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।

घटनास्थलमा भएका बीबीसी पत्रकारका अनुसार शव छरिएका छन् र भारी क्षती भएको छ । प्रधानमन्त्री हसन दिआबले यसलाई भयावह बताएका छन् र घटनाका दोषीलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । उक्त बिस्फोटक नाइट्रेट सन् २०१४ देखि नै भण्डार गरिएको थियो । समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले वरिपरिका सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन् । बिस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

यो बिस्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको अनुसन्धान र अदालती सुनुवाईको निर्णय आउनु ठिक अघि भएको हो ।बिस्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिस्फोटको दृश्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ । स्रोतः बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>