राजनीति

नेकपा कार्यदलको बैठक, प्रतिवेदन आजै बुझाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ । झण्डै ८ घण्टा बसेको बैठकपछि कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो । बैठक सकेर कार्यदल सदस्यहरु पौने तीन बजे खाना खान बालुवाटारबाट निस्केका छन् । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो ।

गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ । त्यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।

त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ । गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।

नेकपामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । सोही विवादका कारण पार्टी नै विघटनको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमहमता पार्टी र सरकार सञ्चालन गर्न सहमत बनेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>