समाचार

ड्रोन नउडाउन अनुमति लिन गृहको चेतावनी

काठमाडौं। गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ। पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै गृहले यस्तो चेतावनी दिएको हो।

मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार २ केजीसम्मका ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय र सो भन्दा माथिको ड्रोन उडाउन गृह मन्त्रालयबाट अनुमति लिनु पर्छ। ड्रोनको दर्ता भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा गर्नुपर्छ। मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ ले गरेको प्रावधानविरुद्ध यसरी ड्रोन उडाएमा कारबाही हुने समेत गृहले सूचित गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>