टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले उचाल्यो

काठमाडौ – अष्ट्रेलियाले यूएईमा जारी आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ। दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।

यस जितसँगै अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ। यसअघि अष्ट्रेलिया सन् २०१० को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। तर, फाइनलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको थियो। न्यूजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close