वन फडानी, विकास आयोजनाको नाममा करोडौँको चलखेल

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्यालीमा करोडौं रुपैयाँको वन फडानी भएको छ ।

सुपर सुपर आँखुखोला जलविद्युत आयोजनाले बाटो बनाउनका लागि वन फडानी गरेको हो। आयोजनाले प्रदेश सांसद जगत सिंखडा र गाउँपालिका अध्यक्ष चेरूङ तामाङलाई आर्थिक प्रलोभनमा पारी वन फडानी गरेको हो। निर्माणाधीन आयोजना २५ दशमल ४ मेगावाटको हो। आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ६ मा बाटो बनाउने नाममा करिव एक हजार रुख काटेको हो। विकास कार्यका लागि रुख काटन सकिने भए पनि त्यसको निश्चित प्रक्रिया रहेको छ ।

वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ। साथै रुख रोप्न आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनी प्रावधान छ। यदि यसो नगरेमा जग्गा खरिद, वृक्षारोपण र तिनलाई पाँच वर्षसम्म हुर्काउन लाग्ने रकम आयोजनाले उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । आयोजनामा वैदेशिक रोजगार व्यवासयी रघु पुरीलगायत संचालक छन् ।

लामो समयसम्म विश्वराज कँडेल यसको प्रबन्ध निर्देशक रहे पनि पछिल्लो दिनमा पुरी समूहले उनलाई विस्थापित गरेको छ। वन फँडानीमा संचालक पुरीले जिल्ला वन कार्यालय धादिङलाई समेत प्रभावमा पारेको आरोप लागेको छ। करोडौंको यो चलखेलबारे वन विभाग, वन मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयमा उजुरी परिसकेको छ। प्रधानमन्त्री कार्यालय र वन विभागमा गरिएको उजुरी यसैसाथ सम्लग्न छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close