युएस ओपन जितेर बेलायती किशोरीले नयाँ किर्तिमान

एजेन्सी । बेलायती किशोरी इम्मा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

उनले क्यानडाकी किशोरी लिइला फर्नान्डेजलाई पराजित गर्दै उपाधि जितेकी हुन् । राडुकानु टेनिस इतिहासमा क्वालिफायका रुपमा अवसर पाएर ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनेकी छिन् । उनले खेल जितेपछि आश्चर्यको भाव समेत जनाएकी छिन् । चिनियाँ मूलकी आमा र रोमानिया मूलका बाबुकी छोरी राडुकानुले स्टार खेलाडीहरुलाई पन्छाउँदै उपाधि जितेकी हुन् । उनले लिइलालाई ६-४ र ६-३ को सेटमा हराइन् । युएस ओपनको प्रतिष्पर्धा भर उनले कुनैपनि सेट गुमाइनन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close