खेलकुद

चर्च ब्वाइजको अग्रता, बी डिभिजन लिग

काठमाडौं। शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत चौथो चरणको खेल समाप्त हुँदा चर्च ब्वाइज युनाइटेडले अग्रता कायम राखेको छ।

शनिबार भएको खेलमा श्री कुमारी क्लबसँग १-१ को बराबरीमा रोकिँदा चर्च ब्वाइज २ अंकको अग्रता लिने अवसर गुमाए पनि अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमै फर्किएको हो। ४ खेलबाट चर्च ब्वाइज र श्री भगवती क्लबको समान १० अंक रहे पनि गोलअन्तरमा चर्च ब्वाइज अघि छ। यसअघि लगातार तीन खेल जितेको चर्च ब्वाइजको यो पहिलो बराबरी हो। श्री कुमारीले भने लगातार चौथो बराबरी खेलेको हो।

सी डिभिजन च्याम्पियन बन्दै बी मा उक्लेको चर्च ब्वाइज बी डिभिजनमा पनि शीर्ष दुईभित्र रहेर ए डिभिजनमा बढुवा हुने लक्ष्यसहित खेलिरहेको छ। लिगमा करिब एक तिहाई खेल सकँदा चर्च ब्वाइजले उत्कृष्ट लयलाई कायमै राखेको छ। यस पटक शीर्ष दुई स्थानमा रहने टिमहरु ए डिभिजन लिगमा बढुवा हुनेछन्। चौथो चरणको समाप्तिपछि आइतबार बी डिभिजन लिगमा विश्राम रहेको छ। चौथो चरणको ७ खेलमा कूल २५ गोल भए। यसअघि पहिलो चरणमा ३१ गोल भएको थियो भने दोस्रो चरणमा १९ गोल हुँदा तेस्रो चरणमा १६ गोल भएको थियो।

अंकतालिकामा चर्च ब्वाइज र श्री भगवती क्रमश: पहिलो र दोस्रो स्थानमा छन्। १४ क्लब सहभागी लिगमा यस पटक अन्तिमका दुई टिम सी डिभिजनमा घटुवा हुनेछन्।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close