कम्यूनिष्ट पार्टी (एमाले) कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संम्पन्न

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संम्पन्न

भाद्र २२ महोत्तरी, नबिन साह । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरको जि.स.स.को सभा हलमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

पुर्व युवा तथा खेलकुद मन्त्री तथा ने.क.पा. स्थाई कमिटी सदस्य सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि पुर्व संघीय मामिला तथा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र पूर्व भुमि व्यवस्थापन मन्त्री तथा ने.क.पा.एमाले प्रदेश न.२ अध्यक्ष ज्वाला कुमारी साहको उपस्थिती रहेको उक्त कार्यक्रममा हजारौंको संख्यामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई ने.क.पा. केन्द्रीय सदस्य क.राजेन्द्र साह, ने.क.पा. (एमाले) केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज क. राम दियाल मण्डल, ने.क.पा.(एमाले) स. इन्चार्ज क. सरोज यादव, ने.क.पा. केन्द्रीय सदस्य रामोघार कापर पूर्व मन्त्री दिपनारायण साह एवम् क. कालिचरन साह लगायतका नेताहरुले हजारौंको संख्यामा उपस्थिति भएका कार्यकर्ता संम्बोधन तथा प्रशिक्षण दिनुभएको थियो।

उक्त कार्यक्रममा पुरानो पार्टी परित्याग गरी बिनोद कुमार साह लगायतका मानिसहरु ने.क.पा.(एमाले)मा प्रवेस गरेका छन्। ने.क.पा.(एमाले) केन्द्रीय सदस्य तथा ने.क.पा.(एमाले)को जिल्ला अध्यक्ष क. टेक बहादुर बलमपाकीको अध्यक्षतामा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close