ढाका प्रदर्शनी हुँदै काठमाडौंमा

काठमाडौ। ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ। आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वीटमा प्रदर्शनी हुने भएको हो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो। प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटा स्टलमा अल्लोका उत्पादन राखिने प्रदर्शनीका संयोजक रमेश श्रेष्ठले जानकारी दिए।

प्रदर्शनीले नेपाली मौलिक उत्पादन ढाकाको प्रचार प्रसारमा सहयोग पुर्याउने आयोजकको विश्वास छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close