दरबार हत्याकाण्डबारे छानबिन गरियोस : डा बाबुराम भट्टराई

२० जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् । उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close