बाल अधिकारको संरक्षण समृद्ध मुलुक निर्माणको आधारशीला

२०७८/०५/१६ आजकोबालबालिका भोलिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन् । बालबालिकालाई बाल
श्रममा प्रयोग गरिनु अपराध हो । अवसर र उचित वातावरण पाए मात्रै आजका बालबालिका भोलिका
कर्णधार बन्न सक्छन् ।

बालबालिकालाई कल कारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन कानूनतः निषेध
गरिएको छ । चौध बर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउनु हुँदैन । र
जोखिमपूर्ण कामहरुमा १५ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकालाई काममा लगाएमा दण्ड सजाएको
व्यवस्था बाल श्रम ऐन २०५६ मा रहकोछ । बालबालिकालाई जोखिमपूर्ण कामहरुमा लगाउएकोछ कि
छैन भनी अनुगमन, नियमन तथा नियन्त्रण र दण्ड सजाय गर्ने अधिकार श्रम मन्त्रालयमा रहेको छ ।
तर आज करीब दश लाख बालबालिका अनौपचारिक तथा औपचारिक क्षेत्रमा बालश्रममा रहको कुराको
तथ्याङ्कले जनाएको छ । विशेषतः विभिन्न कलकारखानाहरुमा, निर्माण कार्यहरुमा, गलैंचा
कारखानाहरुमा, जरी कारखानाहरुमा, होटेल रेस्टुराँहरुमा, ईट्टा भट्टाहरुमा,सार्वजनिक परिवहन र घरेलु
कामदार लगायतमा बालबालिकाहरु बाल श्रममा रहको तथ्य हाम्रोसामुजग जाहेर छ । यी मुद्दाहरुमा
श्रम मन्त्रालयले प्राथमिकतामा नराखेको, अन्य काममा अल्झिएको, बालबालिका प्रति सम्वेदनशील
नभएको र प्रभावकारी अनुगमन गर्न सकेको देखिन्दैंन ।

आजको बालबालिका भोलिका राष्ट्र निर्माणका आधारशीला हुन् । सभ्य परिवार, समाज र
राज्यले बालबाललिकालाई श्रममा लगाएर बाल शोषण गर्नु अपराध हो । यद्यपि आर्थिक प्रभाव,
प्रशासनिक प्रभाव, र राजनीतिक दवावले बालबाललिकालाई श्रममा लगाएर बाल शोषण गर्ने गरिएको
पाईन्छ । यसका अलवा बालबालिका आज्ञाकारी हुने र पारिश्रमिक सस्तो हुने भएकोले अनौपचारिक
तथा औपचारिक क्षेत्रमा बालश्रममा लगाएको पाईन्छ । यसका साथै अनौपचारिक क्षेत्रमा बालश्रम –
कानून को अभाव रहेको छ । सुशिक्षित परिवार, सभ्य समाज र समृद्ध मुलुक बालश्रमको जगमा
उभिएको हुन्दैन । तसर्थ राज्यले अनौपचारिक क्षेत्रलाई समेतने गरी कानून निर्माण गर्नु पर्ने देखिन्छ ।

तर्क र औचित्य पुष्टि गरेर कुनै पनि बहानामा बालबालिकाको बाल श्रम शोषण गर्नु
बालबालिकाको अधिकारको हनन् हो । पारिवारिक कलह, आर्थिक अभाव वा शिक्षा दिने नाममा बाल
श्रम शोषण गरिनुहुदैन न । सुसंस्कृत परिवार, चेतनशील समाज निर्माणकोलागि बालबालिकामैंत्री
वातावरण गर्नु आजको आवश्यकता हो । तसर्थ, बालबालिकाको हातमा हंसिया र हथौंडा होईन बरु
कलम र किताब नै सुहाउँछ । यसका लागि परिवार, समाज, संस्था र राज्यका दायित्व र भूमिका
उतिकै रहनु पर्छ । बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक
निर्माणको जग हो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close