भारतीयदूतावाससँग ग्लोकल २० अन्डर २० को अन्तरकृया

अगस्ट २४, २०२१,काठमाडौं। ग्लोकल प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको ‘वाई वाई ग्लोकल टिन हिरो’ को सातौं संस्करणका लागि ग्लोकल २० अन्डर २० तथा अन्तिम ६ प्रतिस्पधीको घोषणा भईसकेको छ । यिनै प्रतिभावान किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला सन्चालनभईरहेको छ । उक्त कार्यशालाको मुख्य उद्देश्य एक अन्तरक्रियाको बातावरण प्रदान गर्न, किशोर किशोरीहरुको व्यक्तिगत बृद्धिमा सहयोग गर्न एवम नेटवर्किंगको बढावा गर्न सन्चालन भईरहेको छ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को रणनीतिक साझेदारको रूपमा भारतीयदूतावास,जोडीएको छ । यसै अन्तर्गत आज किशोरकिशोरीहरुले भारतीय दूतावासबाट Deputy Chief in Mission श्रीमती नामग्या सी खाम्पाज्यु, सँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए । श्रीमती खाम्पाज्युले समाज मा सकारात्मक परिवर्तन ल्याउन युवाहरु को योगदानको बारे मा बिश्लेशन गर्नुभएको थियो । वहाँले युवाहरुको नेतृत्व, आविष्कार, सीप आदि सहित हाम्रो समाज को वर्तमान स्थिति को नवीकरण र ताजा गर्न को लागी युवाहरुको भूमिका भएको कुरा साझा गर्नुभयो । टेक्नोलोजी शक्ति को नयाँ मुद्रा को रूप मा विकसित भएको र युवाहरुले टेक्नोलोजीबाट धेरै नयाँ कार्य अगाडि बढाउन सक्ने सम्भावना रहेको कुरामा प्रकाश पार्नुभयो।

युवाहरु परिवर्तनका प्रतिनिधि भएकाले उनिहरुमा आत्म विश्वास, इच्छा शक्ति र नयाँ कुरा एवम नयाँ सिप सिक्ने गुण हुनुपर्छ । भारतीयदूतावास किशोर किशोरीहरूको लागि सिप बृद्धि हुने अवसरहरू प्रदान गर्न प्रति बद्धरहेको र छात्रवृत्ति प्रदान गर्दै उनिहरुको शिक्षालाई सहयोग पुर्याउन सदैब कार्यरत रहने पनि बिश्वास दिलाउनु भयो । किशोर किशोरीहरुको प्रश्न को उत्तर दिदै वहाँले भबिस्यलाई सफल बनाउन धेरै मेहेनत गर्नु पर्ने तथा आफ्नो कार्यलाई अझै बिकास गरेर समाज रुपान्तरन तर्फ उन्मुख हुन पनि प्रेरणा दिनु भयो। अन्तत ग्लोकलसँग भारतीयदूतावास सँगको साझेदारीले अवसरको नयाँ आयाम सिर्जना गर्ने कुरामा साकारात्मक रहेको कुरा आयोजकले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close