युरोपेली संघसँग ग्लोकल २० अन्डर २० को अन्तरकृया सम्पन्न

अगस्ट२७, २०२१,काठमाडौं। किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला आज समापन भएको छ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउनयस बर्ष ग्लोकल टीन हिरो नेपाल२ ०२१ को रणनीतिक साझेदारको रूपमा युरोपेली संघ,जोडीएको छ।यसै अन्तर्गत आज किशोर किशोरीहरुले युरोपेली संघबाट ऋजबचनé म’बाबष्चभकश्री स्टेफन माइकोन ज्यु, सँग अन्तरकृया गर्ने मौका प्राप्त गरेका थिए। देश बिकास तर्फ उन्मुख किशोर किशोरीहरुलाई बधाई दिदै वहाँले युरोपेली संघले नेपालका लागि गरेका कामहरुको बारेमा जानकारी दिनुभयो। उहाँले यूरोप नेपाल सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेर नेपाल सरकारसँग सहकार्य गरी विभिन्न भूमिकामा कार्यरत गरेको कुरा जानकारी दिनुभयो। उहाँले एसडीजी को २०३० एजेन्डा प्राप्त गर्न को लागी युरोपेली संघ सदैब तत्पर रहेको र यसका लागि युवा शसक्तिकरन आबश्यक रहेको कुरा पनि उल्लेख गर्नु भयो।

वहाँले सबै किशोर किशोरीहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न को लागी आफ्नो पक्षबाट योगदान गर्नको लागी आग्रह गर्नु भयो। त्यसै गरी एक सक्रिय नागरिक को रूपमा जिम्मेवारीहरु लाई पूरा गर्न को लागी आफ्ना जिम्मेवारी पहिचान गरी काम गर्न पनि हौशला प्रदान गर्नुभयो। किशोर किशोरीबाट आएका प्रश्नको जवाफ दिदै वहाँले युवाहरु परिवर्तन को एजेन्ट रहेको र युवाहरुको सहभागिता लाई बलियो बनाउन को लागीअवाज उठाउन जोध दिनुभयो। त्यस्तै नेपालमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन युरोपेलीसंघको भूमिकालाई साझा गर्दै उहाँलउहाँल नेपालको आर्थिक विकास, लगायतप्राविधिक र व्यावसायिक शिक्षालाई ग्रामीण बिकासमा टेवा पुर्याउने काम गर्दै आएको र सरकारलाई स्कूल क्षेत्र विकास योजनामा सुधार गर्नका लागी सहयोग गरिरहेको कुरा पनि बिश्लेशन गर्नु भयो।

अन्तत ग्लोकलले युरोपेली संघ सँगको साझेदारी मार्फत युवा बिकासका नबिनतम आयाम सिर्जना गर्नेकुरामा साकारात्मक रहेको कुरा बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close