अन्तराष्ट्रिय

‘केएर स्टार्मर’ बने बेलायतका प्रधानमन्त्री

लेबर पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन् ।

भारी बहुमत प्राप्त गरेको लेबर पार्टीका नेता स्टार्मर बुधबार प्रधानमन्त्री नियुक्त भएको बिबिसीले जनाएको छ । १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत प्राप्त गरेको छ । लेबरले ४१२ सिट जित्दा तत्कालीन प्रधानमन्त्री ऋषी सुनकको कन्जर्भेटिभ पार्टीले जम्मा १२१ सिट जितेको हो । त्यहाँ सरकार बनाउन ३२५ सिट जित्न पर्छ ।

बेलायतको ‘हाउस अफ कमन्स’ (संसद) मा ६५० जना सांसदहरू हुन्छन् । नयाँ प्रधानमन्त्री केएर स्टर्मर १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासमा सरिसकेका छन् । सुनकले आम निर्वाचनमा पराजित हुनुमा आफ्नो कमजोरी रहेको स्वीकार्दै राजीनामा दिन बकिङहम प्यालेसमा पुगेका थिए । त्यस्तै स्टार्मरलाई पनि नयाँ सरकार बनाउन प्यालेसमा बोलाइएको थियो ।

स्टार्मर प्रधानमन्त्री नियुक्त भएसँगै १० डाउनिङ स्ट्रिटमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
भाषा >>