जसपा सरकारमा सहभागी हुने निर्णय

काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुनेबारे छलफल थालेको छ ।

हिजोदेखि जारी बैठक भोलि पनि बस्नेगरि आजको बैठक सम्पन्न भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता डम्बर खतिवडाले पार्टी सरकारमा सहभागी हुनेबारे सकारात्मक रुपमा छलफल भएको र केही दिनमै निर्णय गर्ने जानकारी दिए । उनले भने,”वर्तमान सरकार समर्थन छ । पाँच दलीय गठबन्धनको यो सरकारमा हामी सहभागी हुन्छौं । आजको मुख्य विषय चाहीँ, सरकारमा कसरी सामेल हुने, र कहिले हुने भनेर सैद्धान्तिक छलफल गरेका छौं ।

सरकारमा सहभागी हुनेबारे सकारात्मक धारणा आएको छ । त्यस्तै, पार्टीको नियामावली पनि बनाएका छौं ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close