नेपालीलाई काबुल छाड्न तालिवानले दियो आदेश

काठमाडौँ, झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड बसिरहेको एक होटलमा नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार र कर्मचारीहरुलाई तालिवानले काबुल छाड्न आदेश दिएको छ ।

तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो । उक्त होटलमा रहेका एक नेपाली सुरक्षा गार्डले विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएको र अब यहाँबाट विमानस्थल जाने तरखरमा रहेको बताएकाछन्। अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ ।

सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close