कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्मा

कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् ।

कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् । केही दिनको तयारीमा आफु म परीक्षा दिन आएको उनले बताइन् । ‘यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन’ करिश्माले भनिन् ‘सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ ।’ हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको कारण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थगित गरेकी छन् । मेजर अंग्रेजी बिषय लिएर अध्ययन गरिरहेकी करिश्माले कोरोनाले कलेज छुटाएकोले लेखनमा गाहे हुने हो कि भन्ने अनुमान गरिन् ।

कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेसर समेत उनलाई रहेको छ । सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि आफुलाई राजनीतिबाट अलग राखेकी थिइन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close