मनाेरञ्जन

‘के घर के डेरा’को शुभमुहूर्त, छायांकन जेठ २ देखि

काठमाडौं। ‘पशुपति प्रसाद’ फेम्ड दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’को छायांकन जेठ २ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार स्वयम्भूमा सोसल ड्रामा फिल्मको शुभमुहूर्त गरिएको हो।

कोरोना महामारीले छायांकन प्रभावित भएको फिल्म दुई वर्षपछि अन्ततः फ्लोरमा जान लागेको हो। निर्देशक र कलाकारमा व्यापक हेरेफेर गर्दै फिल्मको सुटिङ सुरु हुन लागेको हो। दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउत र लक्ष्मी गिरीको मुख्य भूमिका रहने फिल्मको निर्माता शरद् श्रेष्ठ हुन्। फिल्मले झण्डै ४० लाख जनसंख्या रहेको काठमाडौंमा घर हुने र घर नहुनेबीचको असमान जीवनशैलीको कथा भन्छ।

महेश दवाडीको पटकथा र सिंगे लामाको कथा रहेको फिल्मलाई ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close