महिन्द्रा मनसुन सर्भिस क्याम्प हुँदै

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०-पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरिएको सर्भिस क्याम्पमा गाडीको ३०-पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ । महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ र १५ गते नेपालभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ ।

यस क्याम्पमा सहभागी भई भरपुर फाईदा लिनका लागि ग्राहकहरुले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नु पर्नेछ । साथै, ग्राहकहरुले बुकिङ्गको लागि दिईएका टोल फ्री नम्बरहरु – १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close