रोकिएको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

कोरोनाको दोस्रो लहर शुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण रोकिएको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु गरिएको छ ।

आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका निर्देशक तथा कलाकार जीतु नेपालले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण हुँदै आएको थियो ।जीतुले आगामी दिनमा पनि दर्शकहरुको चाहानालाई मध्यनजर गरेर कार्यक्रमलाई अगाडि बढाइने बताएका छन् । ‘हामीलाई विभिन्न कठिनाईहरु छन् । कत्ति कुराहरु चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन् ।

सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ’ जीतु लेख्छन्–‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोशिस गर्दैछौं ।’ आफूहरुका लागि दर्शकहरुको साथ, हौसला र समर्थन भने चाहिने जीतु बताउँछन् । नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रम अन्तर्गत पर्दछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close