सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न जरुरी : सञ्चारमन्त्री नेम्वाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् । उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए । मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘हामीले प्रविधिहरूलाई व्यवस्थित ढंगले तल तल पुर्याउनु जरुरी छ ।

टेलिफोन र सूचनाका सेवाहरुलाई सही ढंगले प्रसारित गर्न र व्यवस्थित गर्न जरुरी छ । त्यसलाई नियमन गर्नु जरुरी छ । सही सूचनाहरु नागरिकलाई सम्प्रेषण गर्नु जरुरी छ । त्यसको नियमन गर्न पनि त्यत्तिकै जरुरी छ । दुर्गम क्षेत्रमा हाम्रा कम्युनिकेशनका सेवाहरुलाई पुर्याउनु जरुरी छ । डिजिटल नेपाल फ्रेम वर्कको कुरालाई एउटा प्याकेजमा पुरा गर्न जरुरी छ ।’

मन्त्री नेम्वाङले जनतालाई शान्ति, सुरक्षा दिलाउने, जनताको जीउधन र हक अधिकारलाई व्यवस्थित गर्ने र सूचना प्रविधिमैत्री बनाएर मुलुकलाई उच्च खालको नागरिकमा रुपान्तरण गर्ने अभियानमा एक इन्च पनि तलमाथि नपरी दृढ विश्वासको साथ पुरा गरेर छाड्ने पनि बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close