मनाेरञ्जन

नेपाल लोकस्टार-२ मा कुमार बस्नेतदेखि ज्योति मगरसम्म निर्णायक

काठमाडौं। लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक(जज)हरु तय गरिएको छ।

शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन्। रामजी पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत, कुलेन्द्र बिश्वकर्मा र ज्योति पहिलोपटक रियालिटी शोको जजका रुपमा रहने भएका हुन्। ‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन्। उनले प्रतिस्पर्धीहरुको संगीत कौशल निखार्न सहयोग गर्नेछन्।

नेपाल लोकस्टार ब्राण्डको स्वामित्व हिमालय टेलिभिजनले खरिद गरेसँगै शोलाई नयाँ टिम र शैलीमा ल्याउन लागिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close