काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा लम्ब्याउने निर्णय लिएको छ । निषेधाज्ञाको अघिल्लो नियम कायम राख्दै २० साउनसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । निर्णयलगत्तै सूचना समेत जारी भएको छ ।निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close