ओलम्पिकमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण

काठमाडौं । जापानले आफ्नै देशमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ ।

यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ । त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक इतिहासमै एकै संस्करणमा १७औं स्वर्ण जितेको हो । जापानले यसअघि सन् १९६४ मा आफैं आयोजक हुँदा २००४ को एथेन्स ओलम्पिकमा समान १६ स्वर्ण जितेको थियो ।

घरेलु भूमिमा भइरहेको ३२औं गृष्मकालिन ओलम्पिकमा जापानले अहिलेसम्म जुडोबाट ९ स्वर्ण जितिसकेको छ । यस्तै पौडीबाट युई ओहासीले एक्लै दुई स्वर्ण जितिन् । पहिलो पटक ओलम्पिकमा समावेश स्केटबाेर्डिङमा जापानले दुई स्वर्ण जित्दा मोमीजी निसिया ओलम्पिकमा स्वर्ण जित्ने जापानको सबैभन्दा कान्छी खेलाडी बनिन् । यस्तै जापानले टेबल टेनिस मिक्स्ड डबल्स र पुरुष फेन्सिङमा पनि स्वर्ण जितेकाे छ । जापानले आठाैं दिनसम्म आइपुग्दा ४ रजत र ७ कास्य समेत जितेकाे छ । अझै ९ दिनकाे खेल बाँकी रहेकाले जापानले पदक थप्ने सम्भावना धेरै छ ।

जापान १७ स्वर्णसहित दाेस्राे स्थानमा छ । १९ स्वर्ण जितेकाे चीन शीर्ष स्थानमा छ । जापानले एथेन्समा १६ स्वर्ण जित्दा २८ खेलकाे ३०१ इभेन्ट समावेश थियाे । यसपटक ३३ खेलकाे ३३९ इभेन्ट समावेश छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close