खेलकुद
एसियाली र ओलम्पिकमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धि

सरकारले एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धिको व्यवस्था गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुबै प्रतियोगितामा नेपाली खेलाडीले पदक जितेमा आजीवन मासिक जीवन वृद्धिको व्यवस्था गरेको बताएका छन्। त्यस्तै सरकाले जुम्लामा हाइ अल्टिच्युट टेनिङ सेन्टर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ।