राजनीति
हजारका नोट पाउमा चढाउँदै; भोट माग्दै !

सिन्धुपाल्चोक। भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ। मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो।
खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन्। उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन्। सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन्। हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन्।