नेकपा एस र माओवादी बीच एकीकरण हुने

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ ।

नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट गर्ने बुझिएको छ । त्यसपछि एकता प्रक्रिया बढ्ने नेकपा एसका एक नेताले बताए । उपसभामुख नेकपा एसले पाउने सहमति भए अनुसार टुंगिएपछि एकता प्रक्रियाले गति लिने भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।

आगामी आमनिर्वाचन अगावै एकीकरण गरेर जाने तयारी अनुसार माधव नेपालले संगठन निर्माणमा सक्रियता बढाइसकेका छन् । प्रचण्ड र माधव नेपालले विचार मिल्ने अन्य शक्तिसँग पनि एकता गरेर चुनावमा जाने रणनीति बनाइसकेको बुझिएको छ । संघीयता, गणतन्त्र र धर्मनीरपेक्षका पक्षधर शक्ति एक भएर चुनावमा जाने गरी अग्रिम गृहकार्य अनुसार पछिल्लो घटना विकास भएको बुझिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close