प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

११ भदौ, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close