दमक इसाई समाजद्वारा खाद्यान्य सामाग्री वितरण

जेष्ठ २९ दमक, डी के बेघा। दमकमा दमक नगर इसाई समाजले दमक नगरका १ सय विपन्न घर परिवारलाई राहत (खाद्यान्य) सामाग्री उपलब्ध गराएको छ । दैनिक ज्यालादारी मजदुरी गरेर जीविका पार्जन गरिरहेका विपन्न परिवारलाई दमक नगर इसाई समाजले दमकका १ सय घर परिवारलाई आज दमकमा खाद्यान्य सामाग्री उपलब्ध गराएको हो ।

दमक–७ पशुहाँटस्थित वडा कार्यालय नजिकै आयोजित कार्यक्रममा वडा अध्यक्ष भीम पौडेलले खाद्यान्य सामाग्री वितरण गरेका थिए । सो अवसरमा वडा अध्यक्ष पौडेलले दमक नगर इसाई समाज, समाजका अध्यक्षसहित सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले दमकमा सामाजिक कार्यमा इसाई समाजले गरेको कार्यको चर्चा गरेका थिए । पौडेलले दमकको सामाजिक कार्यको निम्ति आगामी दिनमा पनि इसाई समाजलाई सक्रिय हुन आग्रह गरेका थिए । दमक नगरको १० वटा वडाहरुबाट विपन्न परिवार छनौट गरिएको र सोही अनुसार खाद्यान्य सामग्रीहरु वितरण गरिएको हो । उनीहरुलाई प्रति परिवार वापत २५ केजीको चामल एक बोरा, चिउरा २ केजी, खाने तेल २ लिटर, दाल २ केजी, न्युउटोला (सोयाविन) १ केजी, सावुन ३ पिस र नुन २ पोका वितरण गरिएको हो ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, राहत व्यवस्थापन उपसमितिका संयोजक एबम् दमक नगर इसाई समाजका सल्लाहकार समितिका संयोजक पाष्टर राजकुमार राई, पाष्टर मुक्ति किराती राई, राहत व्यवस्थापन उपसमितिका सदस्य एबम् दमक नगर इसाई समाजका सहसचिव पाष्टर डिके बेधा लिम्बू, एल्डर विकास रणपहेली, इसाई समाज युवा संघका दमक अध्यक्ष सुरज लिम्बू, राहत व्यवस्थापन उपसमितिका सदस्य शहरमान राई, दिलिप राई लगायतको उपस्थिति थियो । समाजका अध्यक्ष पाष्टर थुलुङका अनुसार यसअघि, दमक नगरपालिकाको संयोजन मार्फत दमकमा ज्याला मजदुरी गरेर जीवन यापन गरिरहेका झण्डै पाँच सय परिवारलाई खाद्यान्य सामाग्रीहरु वितरण गरिएको छ । त्यस्तैं, नगरको विपत व्यबस्थापन कोषमा समेत आर्थिक सहयोग उपलब्ध गराएको अध्यक्ष पाष्टर थुलुङले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close