‘प्रदेश १ मा किरात राज्य होस् मेरो कामना छ’ : राजेशपायल राई

काठमाडौं । ‘राई इज किङ्ग’ राजेशपायल राईले प्रदेश १ मा किरात राज्य हुनुपर्ने बताएका छन् ।

गत शनिबार काठमाडौंमा आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्तुती दिने क्रममा लोकप्रिय गायक राईले सत्य कुरा तितो हुने भन्दै प्रदेश १ किरात राज्य नै हुनुपर्ने बताए । मुख्यमन्त्री राजेन्द्र राईसामु उनले पहिचानको कुरा उठिरहेको बेला प्रदेश १ मा किरात राज्य ‘प्रदेश’ हुनुपर्ने भन्दै आग्रह गरेका हुन् । हामिले जहिल्यै सरकारलाई केहि काम नगरेको भन्दै गाली गर्ने गरेको तर अब आफ्नो मान्छे नै सरकारमा हुँदा ‘काम कतिको गर्नेछ ?’ भन्ने हेर्न बाँकी नै रहेको पनि उनले बताए ।

मुख्यमन्त्री भएकोमा शुभकामना दिँदै उनले भने, ‘प्रदेश १ मा किरात राज्य होस् मेरो कामना छ ।’ कतिपय अवस्थामा यो कुरा छुच्चो पनि लाग्ने तर कतिपय कुराहरु सत्य तितो पनि हुने उल्लेख गरे । ‘औषधि तितो पनि लाग्ने गर्छ तर त्यसले ठ्याक्कै शरिरको रोग निको पर्ने काम गर्छ ।’ यसलाई दबाईको रुपमा तितो भए पनि स्वीकार्न आग्रह गरे । यस्तै गायक राईले उपराष्ट्रपति नन्दबहादुर पुनसामु हेर्दै भने, ‘तपाईहरुको विचारले नै हामी यतिको बोल्ने भएका छौँ, यो विचारहरु कहिले नटुटोस्’ उनले भने, ‘माओवादी ओन्दोलनकै विचारले हामी यतिको भएको बताए ।

तपाईहरुहरुको योगदानले नै हो हामी यतिको बोल्न सक्ने भएको हौं, नत्र मलाई पनि पक्रेर लैजान्थ्यो होला’, उनले भने । कार्यक्रममा उनले आफ्ना पछिल्लो नयाँ चर्चित गीतहरु प्रस्तुत् गरेका थिए । यस्तै उनले किरात राइ यायोक्खालाई एक लाख रुपैयाँ दिने घोषणा पनि गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close