रोक्काद्वारा प्रहरीलाई स्वास्थ सामाग्री हस्तान्तरण

घनश्याम तिमल्सिना एन्टिना ,काठमाडौ – युवा समाजसेवी तथा नेपाल तरुण दल काठमाडौंका संगठन विभाग सदस्य गोकुल रोक्काले बिहिबार प्रहरी बृत बौद्धलाई कोरोनाबाट सुरक्षाका लागि माक्स स्यानिटाईजर लगायतका सामाग्री सहयोग गरेका छन् ।

कोरोना संक्रमणको कठिन समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई संक्रमणको जोखिम धेरै हुने भएकाले उक्त सामाग्री हस्तान्तरण गरेको युवा समाजसेवी रोक्काले बताए । अहिलेको कठिन समयमा एकले अर्कालाई सहयोग गरेर मात्रै कोरोनासँगको लडाई जित्न सकिने भएकोले जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई केही सहयोग गरेको रोक्काले बताए ।

रोक्काले प्रहरी बृत बौद्धलाई १० लिटर सेनिटाइजर, १० लिटर फिनेल, १० लिटर हरपिक, पम्प स्प्रे १ पिस हस्तान्तरण गरेका हुन् ।त्यसैगरि गोकर्णेश्वर नगरपालिका वार्ड न १ मा समाजासेवी गोकुल रोक्का,वार्ड अध्यक्ष राम मानन्धर तथा वार्ड शदस्य राजेन्द्र रोक्का को पहलमा १२३ जनाको एन्टेजिन कोरोना टेस्ट गर्दा जम्मा १४ जनामा पोजेटिभ देखियको समाजसेवी रोक्काले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close