यूरो २०२० को गोल्डन बुट रोनाल्डोलाई

क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्डले यो प्रतियोगितामा ५ गोल गर्न सफल भए ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पार्न सफल भएका हुन् । रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट रह्यो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गर्न सफल रहे । रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए । रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रा स्थानमा थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close