कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं, ५ भाद्र : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो ।

कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिए थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close