स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए’

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा पाउन सफल गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा पनि स्वर भरेकी छिन् ।

उनको स्वरमा समावेश ‘इबादत बन गए हो’ बोलको गीत टि–सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायनमा उनलाई शबाब सबरीले साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ । यो गीतको भिडियोमा स्मिता आफैले मोडलिङ गरेकी छिन् ।

उनलाई भारतीय टेलिभिजनका सफल कलाकार अर्जुन बिज्लानीले अभिनयमा साथ दिएका छन् । स्मिता र अर्जुनको जोडी भिडियोमा रोमान्टिक देखिएको छ । राजीव एस रुयाले निर्देशन गरेको यो भिडियोलाई पूनम यादवले निर्माण गरेकी हुन् । चाडै नै चलचित्र निर्माणमा समेत प्रवेश गर्ने तयारीमा रहेकी पूनमले भिडियोलाई आकर्षक बनाउन कुनै कञ्जुस्याँई गरेकी छैनन् ।

भिडियोमा देहरादुनको मसुरी र उतराखण्डको ऋषिकेशको सुन्दरतालाई प्रस्तुत गरिएको छ । जेस्टिन क्रियटिभ स्पाकैको ब्यानरमा निर्माण भएको भिडियोको कार्यकारी निर्मातामा सुप्रिया पुल पन्डियन छिन् । निर्मात्री पूनमले नेपालका प्रतिभावान् कलाकारलाई विश्वमाझ चिनाउन आफू मनोरञ्जन क्षेत्रमा आएको बताइन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close