सुत्केरी चेपाङ महिला र दुई दिने बच्चाको अबस्था गम्भीर, अस्पताल भर्ना

२८ जेठ २०७८,चितवन सम्बाददाता। पुर्बी चितवन राप्ती – १० स्थित बिकट गाउँ ढाडखोलाका चेपाङ सुत्केरी महिला र उनकी दुई दिने बच्चाको स्वास्थ्य अबस्था गम्भीर भएपछी भरतपुर अस्पताल भर्ना गरिएको छ।

२२ बर्षिय पुजा चेपाङले हिजो बिहान करीव ११ बजे बच्चा जन्माएकी थिइन। उनको बच्चा जन्मेलगत्तै निरन्तर रक्तस्राव भईरहेको र बच्चाको दिसापिसाब नभएर अचेत भएकोले दुवैको अबस्था गम्भीर थियो। बच्चाले धेरै लामो समय सम्म पनि दिसापिसाब नगर्ने र पेट ठूलो हुँदै आएपछि शंका लागेर बच्चाका बुवाले चेक गर्दा दिसा र पिसाब निस्कने द्वार पत्ता लागेन यता श्रीमती निरन्तर रक्तस्राव भएपछी आफुसङ्ग उपचार गर्न पैसा नभएकोले माया मारेर बसिरहेका थिए।

सोही समय स्थानिय समाजसेवी रुपक तामाङले सो कुरा जानकारी पाएलगत्तै आज दिउँसो करिव २ बजे गाउँमा अटो पठाएर दुवै आमाछोरालाई आफ्नै खर्चमा उद्दार गरि अस्पताल पुर्याउनु भएको हो। उहांका अनुसार आमाको उपचार भण्डारा स्वास्थ्य चौकिमा गराईरहेको र बच्चाको अबस्था भने झनै नाजुक रहेकोले भरतपुर अस्पतालमा लगिएको तर त्यहाँ पनि उपचार सम्भव नभएपछी काठमाडौको कान्ति बाल अस्पतालमा लगिएको जानकारी दिनुभयो। सु

त्केरी महिलाका श्रीमान शिवराज चेपाङले आफू सङ्ग उपचार खर्च कत्तिपनी नभएकोले स्थानिय सरकार वा अन्य संघ संस्थालाई बिन्ती गर्दै आफ्नो श्रीमती र बच्चालाई सहयोग गरेर बचाईदिन आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Back to top button
Close